Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

बाबुराम भट्टराईले बसेर कुरा गरौं भन्दै करिश्मा संग किन राखेछन यस्तो प्रस्ताब ?

बाबुराम भट्टराईले बसेर कुरा गरौं भन्दै करिश्मा संग किन राखेछन यस्तो प्रस्ताब ?


  • 6.9K
    Shares

    बाबुराम भट्टराईले बसेर कुरा गरौं भन्दै करिश्मा संग किन राखेछन यस्तो प्रस्ताब ?
    images

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अढाइ वर्ष राजनीतिकर्मीका रुपमा सक्रिय रहिन् । डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले उनलाई सिधै केन्द्रीय सदस्य बनाएको थियो ।

    तर, उनको राजनीतिक यात्रा लामो हुन सकेन । अहिले उनी नयाँ शक्तिबाट अलग भइसकेकी छन् । व्यक्तिगतरुपमा डा। भट्टराईसँग पनि उनको दुरी बढेको छ । उनले सामाजिक सञ्जालमा लेख्ने स्टाटसल पनि भट्टराईसँग सम्वन्ध चिसिएको संकेत गर्छ ।

    पछिल्ला दिनमा करिश्माले केही राजनीतिक विषयवस्तुमाथि फेसबुकमा टिप्पणी गरिन् । वर्तमान राजनीतिप्रति असन्तुष्टि दर्शाएकी उनले डा। भट्टराईको पनि आलोचना गरेकी छन् । के डा. भट्टराईलाई हेर्ने उनको नजर फेरिएकै हो त ?

    यस विषयमा नेपाल प्रेसले प्रश्न गर्दा करिश्माले सन्तुलित जवाफ दिइन् ।

    करिश्मा भन्छिन्, ‘म उहाँलाई शिक्षित, बौद्धिक, समग्र भूगोललाई चिनेको र सामथ्र्यवान नेताको रुपमा चिन्छु । तर, राजनीतिक परिवेशमा बाँधिएर काम गर्दा उहाँ कहिले कता–कहिले कता ठोक्किनुभएको छ ।

    उनी थप्छिन्, ‘उहाँले आफूलाई परिस्थितीअनुसार अगाडि बढाउनुपरेको छ । यसरी हिँड्दा बिचार त मर्ज हुने नै भयो । उहाँ स्वतन्त्र हुन सकिरहनुभएको छैन ।’ भट्टराईसँग आफ्नो व्यक्तिगत सम्वन्ध भने अहिले पनि राम्रो भएको उनले दावी गरिन् ।

    ‘उहाँसँग राम्रो सम्बन्ध छ । तीन महिनाअघि फोन गरेर सोध्नुभएको थियो । बसेर कुरा गरौं भन्दै हुनुहुन्थ्यो,’ करिश्माले सुनाइन् ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १४:११:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij