Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

‘कोभिड–१९’ प्रतिकार्यमा तीनै सरकारको योगदान

‘कोभिड–१९’ प्रतिकार्यमा तीनै सरकारको योगदान


  • 7.4K
    Shares

    ‘कोभिड–१९’ प्रतिकार्यमा तीनै सरकारको योगदान
    images

    कर्णाली । कोरोना महामारीबाट नेपालमा एक प्रतिशतभन्दा कम र कर्णालीमा त्यसभन्दा झनै तलको दरमा मृत्यु हुनुमा स्थानीय सरकारहरुले पुर्याएको योगदानलाई लिइएको छ ।

    कोभिडको अवधिभर हेल्थडेस्क स्थापना, स्वाब सङ्कलन, कन्ट्याक्ट ट्रेसिङ, रेकर्डिङ तथा रिपोर्टिङ, प्राथमिक उपचार, कोभिडसम्बन्धी क्षमता अभिवृद्धिका तालीम, शव व्यवस्थापनदेखि खोपलगायतका सेवा प्रवाहको उल्लेख्य प्रभाव रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उल्लेख गरियो । 

    ‘कोभिड–१९’ रोगको हालसम्मको प्रगतिको समीक्षा तथा कोभिड खोप’ सम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले ‘कोभिड–१९’ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा तीनै तहका सरकारकोे प्रभाव राम्रो रहेको बताउनुभयो । उहाँले महाव्याधिमा तीन तहका सरकारको यथोचित र शीघ्र व्यवस्थापन प्रभावकारी बनेकाले ठूलो क्षति हुन नपाएको हो भन्नुभयो ।

    उहाँले कर्णालीका १० जिल्लाका १२ अस्पतालबाट ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरेको उल्लेख गर्दै सुर्खेतमा पहिलो चरणमा दुई हजार ८०० नागरिकलाई लगाइने जानकारी दिनुभयो । उहाँले १८ वर्षभन्दामुनिकालाई यो खोप लगाउने मापदण्ड उल्लेख नभएकाले र अति शीघ्र एलर्जी भएका, गर्भवती, स्तनपान गराउने, गर्भधारण गर्ने इच्छा भएकाले यो खोप लगाउन नमिल्ने बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाएका व्यक्तिले दोस्रो चरणमा पनि त्यही खोप लगाउनुपर्छ ।

    कर्णालीमा कोरोना भाइरस सङ्क्रमण परीक्षण गरिएका करीब ९७ हजारमा ३३ हजार सुर्खेतकै गरिएको जनाउँदै हालसम्म यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २९ पुग्दा २३ जना सुर्खेतका नागरिकले ज्यान गुमाउनुपरेको उहाँको भनाइ थियो । कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा नवराज केसीले परीक्षण गर्नलाई ‘कोभिशिल्ड’ खोप नेपाल पठाएको भन्ने गलत प्रचारमा नलाग्न सबैसँग आग्रह गर्नुभयो । रासस

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १४:०१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij