Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर


  • 2.4K
    Shares

    संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

    असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराएको छ ।  

    ग्राहकहरूका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु ९८ मा खरिद गर्न सकिनेछ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु ४९ मा उपलब्ध हुने टेलिकमले जनाएको छ । 

    यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु २९४ मा खरिद गर्न सकिने छ ।

    प्रकाशित मिति :आश्विन २ २०७९ आइतवार - १४:४४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij