२०८२ भाद्र २ गते सोमवार
आईएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला सुरु गरेको छ ।
काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुने उक्त मेलाको भरपूर फाइदा ग्राहकहरूले लिन सक्नेछन्।
ग्राहक लक्षित अफर सहित यस प्रकारको फाइनान्स सुविधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुविधा लिन सकिने छ ।
मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकत्तम फाइनान्स सुविधासहित स्थलगत निर्णय गरिने कम्पनीले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij