Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

नेकपा आधिकारिकता विवाद टुंगो लागिसक्यो अब बाँकी केही रहेन भन्दै नेम्वाङले सुनाए यस्तो तथ्य 

नेकपा आधिकारिकता विवाद टुंगो लागिसक्यो अब बाँकी केही रहेन भन्दै नेम्वाङले सुनाए यस्तो तथ्य 


  • 11.1K
    Shares

    नेकपा आधिकारिकता विवाद टुंगो लागिसक्यो अब बाँकी केही रहेन भन्दै नेम्वाङले सुनाए यस्तो तथ्य 
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेकपा आधिकारिकता विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको दाबी गरेको छ ।

    शुक्रवार निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रभावशाली नेता सुवास नेम्वाङले नेकपा आधिकारिकता विवाद टुंगिएकाले नै आयोगले दल दर्तासम्बन्धी प्रक्रिया शुरू गरेको बताएका हुन् ।

    ‘नेकपा आधिकारिकता विवाद आयोगले टुंग्याइसकेको छ, त्यही आधारमा आयोगले दल दर्ताका लागि तयारी शुरू गरेको हो,’ पत्रकारहरूको एक प्रश्नको जवाफमा नेम्वाङले भने, ‘हामी आधिकारिक हौ भन्ने हाम्रो विश्वास छ ।’ दल दर्ता विवाद टुंगो लागिसकेकाले सोही जगमा उभिएर आयोगले चुनावको तयारी शुरू गरेको उनले बताए । 

    नेकपा प्रचण्ड–नेपाल पक्षले भने आयोगको निर्णय आफूहरूको पक्षमा आएको दाबी गरिरहेका छन् । 

    संविधान सभाका पूर्वअध्यक्ष समेत रहेका नेम्वाङले सर्वोच्च अदालतले निर्वाचनसम्बन्धी प्रक्रिया रोक्नुस् भनेर नभनेका कारण निर्वाचन आयोगले चुनावी प्रक्रिया तदारुकताका साथ अगाडि बढाउन सक्ने बताए । 

    ‘चुनावको मिति घोषणापछि प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा पुगेको छ, अदालतले स्थगन आदेश जारी गरेको छैन । निर्वाचन आयोग समेतको बुझाइ के छ भन्दा– स्थगन आदेश नगरेपछि निर्वाचनसम्बन्धी तयारी तदारुकताका साथ अगाडि बढाउनु पर्छ । अहिले कत्ति पनि ढिलाई गर्नुहुँदैन भन्ने छ । हामीले पनि आयोगलाई निर्वाचनमा लाग्नुबाहेक विकल्प छैन, तदारुकताका साथ लाग्नुस् भन्यौं,’ नेम्वाङले भने । 

    नेकपा नेताहरूसँगको छलफलमा निर्वाचन आयोगले चुनाव तयारीका लागि ८४ दिन पर्याप्त हुने भन्दै तोकिएको मिति अर्थात् वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव गर्न तयार रहेको बताएको छ ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १३:२८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij