Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

आज देखि भारतीय नागरिकले नेपाल आउन गृह मन्त्रालयको स्वीकृति अनिवार्य लिनैपर्ने 

आज देखि भारतीय नागरिकले नेपाल आउन गृह मन्त्रालयको स्वीकृति अनिवार्य लिनैपर्ने 


  • 8.6K
    Shares

    आज देखि भारतीय नागरिकले नेपाल आउन गृह मन्त्रालयको स्वीकृति अनिवार्य लिनैपर्ने 
    images

    काठमाडौं । आजबाट सरकारले नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै दुवै देशका नागरिकले आवतजावत गर्न पाउने भएका छन् । नेपाली नागरिकले सहज रूपमा प्रवेश पाउने भए पनि भारतीय नागरिकले नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार भारतीय नागरिक के प्रयोजनका लागि नेपाल आउने हो, सबै कारण खुलाएर गृहको स्वीकृतिपछि मात्रै प्रवेश पाउनेछन् ।

    सरकारको निर्णयपछि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।

    सरकारले कोरोनाभाइरसको जोखिम नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयमा नाका बन्द भए पनि आवतजावत भने हुँदै आएको थियो ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १३:०८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij