२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७५२ पीसीआर परीक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टिजेन परीक्षणका क्रममा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १२६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij