Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

ओली खेमा र प्रचण्ड-माधव खेमा बीच भाले भिडन्त, ओली खेमाले पछार्यो यसरी 

ओली खेमा र प्रचण्ड-माधव खेमा बीच भाले भिडन्त, ओली खेमाले पछार्यो यसरी 


  • 6.2K
    Shares

    ओली खेमा र प्रचण्ड-माधव खेमा बीच भाले भिडन्त, ओली खेमाले पछार्यो यसरी 
    images

    काठमाडौं । नेकपाको  निर्वाचन आयोगले पार्टी औपचारिक रुपमा विभाजन नभएको बताइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली र प्रचण्ड–नेपाल खेमाबीच चुनावी प्रतिस्पर्धा सुरु भएको छ ।

    पार्टीमा २ समूह भएपछि सुर्खेतको एउटा सामुदायिक बनको निर्वाचनमा प्रचण्ड–नेपाल खेमाविरुद्ध ओली खेमाको गठबन्धनले जित निकालेको छ ।

    वीरेन्द्रनगर नगरपालिका–५ को रामजानकी सामुदायिक उपभोक्ता समूहको निर्वाचनमा नेकपा ओली समूह, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र मजदुर किसान पार्टीको संयुक्त प्यानल विजयी भएको छ ।

    नेकपा प्रचण्ड–नेपालको प्यानल हराउँदै संयुक्त प्यानल भएको हो । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षका उम्मेदवार नम्रता कार्कीलाई हराएर ओली गठवन्धनका उम्मेदवार जगत भण्डारी निर्वाचित भएका छन् । यो प्यानलले दोव्बर भन्दा वढी मत पाएको छ ।

    १३ सदस्यीय पदाधिकारी भएको निर्वाचनमा संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएको निर्वाचन समितिका संयोजक  कर्णबहादुर सिजालीले जानकारी दिए ।

    सचिवमा संयुक्त प्यानलकै मन्जु कुवँर योगी लामा, कोषाध्यक्षमा रामबहादुर गुरुङ, सहसचिवमा रनबहादखुर राना, सदस्यमा क्रमस दानबहादुर रोकाया, नरबहादुर सिजाली, शान्ता खड्का, धनबहादुर गुरुङ्ग, गिता बैगार, राजकुमार राना, राजबहादुर राना, मनरुपा सार्की र इन्द्रा शर्मा विजयी भएका छन् ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १२:३२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij