Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

मकवानपुरमा बस दुर्घटना, २२ यात्रु घाइते

मकवानपुरमा बस दुर्घटना, २२ यात्रु घाइते


  • 6.6K
    Shares

    मकवानपुरमा बस दुर्घटना, २२ यात्रु घाइते
    images

    मकवानपुर । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका २२ जना यात्रु घाइते भएका छन् ।

    यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    घाइते यात्रुलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिए । बसका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको पनि उनले बताए ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १२:३०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij