Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल टेलिकमले आजबाट निशुल्क ई-सिम वितरण गर्दै, यस्ता छन् सुविधा

नेपाल टेलिकमले आजबाट निशुल्क ई-सिम वितरण गर्दै, यस्ता छन् सुविधा


  • 2.6K
    Shares

    नेपाल टेलिकमले आजबाट निशुल्क ई-सिम वितरण गर्दै, यस्ता छन् सुविधा

    नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारा काउन्टरबाट भोलि (भदौ ३१ गते) देखि कम्पनीका ग्राहकलाई निःशुल्क ई–सिम (e-SIM: embedded SIM Card) वितरण प्रारम्भ गर्ने भएको छ। 

    ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन्। 

    हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिनेछ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइनेछ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छैन। 

    ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनुपर्नेछ। 

    ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (embedded) सिम हो। ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ। 

    ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ। 

    हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्नेछन्। 

    प्रकाशित मिति :भाद्र ३१ २०७९ शुक्रवार - ११:४२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij