Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: डडेल्धुराका ५४ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: डडेल्धुराका ५४ विद्यालय छनोट


  • 2.8K
    Shares

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: डडेल्धुराका ५४ विद्यालय छनोट
    images

    डडेल्धुरा,  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि डडेल्धुराका ५४ छनोटमा परेका छन् । बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको थियो ।

    छनोटमा परेका विद्यालयहरुमा भवन र कम्प्युटर ल्याब स्थापना गरिनेछन् । ५४ वटा विद्यालयहरु मध्ये २० वटा विद्यालयमा कम्प्युटर ल्याव र अरु विद्यालयहरुमा भवन निर्माण गरिने मन्त्रालयको वेभसाईटमा उल्लेख छ भने १३ वटा विद्यालयहरुमा चार कोठे भवन रहेका छन् । 

    कम्प्युटर ल्याबका लागि एउटा विद्यालयलाई ६ लाख ५० हजार, चार कोठे भवनका लागि ५० लाख र दुई कोठे भवन निर्माणका लागि २५ लाख रुपियाँ रकम छुट्याइएको छ । 

    छनोट हुने विद्यालयहरुमा सबैभन्दा बढी भित्रिमधेश क्षेत्र परशुराम नगरपालिकाका १२ वटा विद्यालय छनोटमा परेका छन् । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाका ९, अजयमेरु गाउँपालिका, भागेश्वर र गन्यापधुरा गाउँपालिकाका ७÷७ तथा आलिताल र नवदुर्गा गाउँपालिकाका ६÷६ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तारलगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरिएको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरा प्रमुख नारदप्रसाद जोशीले बताए । 

    प्रकाशित मिति :भाद्र ३० २०७९ बिहिवार - १६:३४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij