२०८२ भाद्र २ गते सोमवार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ। कास्की, पोखरा महानगरपालिका ९ का ६८ वर्षीय, २१ का ७५ वर्षीय,१७ का २९ वर्षीय र १३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
६८ वर्षीय पुरुषलाई निमोनिया र मधुमेह भएको थियो। उनी प्रतिष्ठानमा हिजो भर्ना भएका थिए। उनको सोही राति ११ बजे मृत्यु भएको हो। ७५ वर्षीय पुरुषलाई निमोनिया भएको थियो। उनी पनि हिजो नै भर्ना भएका थिए र राति सवा ११ बजे मृत्यु भएको हो।
२९ वर्षीय पुरुषको आज मध्यान्ह साढे १२ बजे मृत्यु भएको हो। उनलाई निमोनिया भएको थियो। त्यसैगरी अर्का ५५ वर्षीय पुरुषको आज बिहान सवा ४ बजे मृत्यु भएको हो। उनी किड्नी र मधुमेह जस्ता दीर्घ रोगी थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij