२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५८ विद्यालय छनौट भएका छन् । आइसीटी ल्याव स्थापना, दुई कोठे र ४ कोठे भवन निर्माणका लागि ५८ विद्यालय छनौटमा परेका हुन् ।
२१ वटा विद्यालयमा आइसीटी ल्याव स्थापना हुनेछ भने ३७ वटा विद्यालयमा दुई तथा चाररचार कोठे भवन निर्माण हुनेछ ।
आईसीटी ल्यावका लागि ६ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ भने दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समुन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij