Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वाई-फाई नेपालले ल्यायो ‘दशैंको मास्टर अफर’, मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट

वाई-फाई नेपालले ल्यायो ‘दशैंको मास्टर अफर’, मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट


  • 2.6K
    Shares

    वाई-फाई नेपालले ल्यायो ‘दशैंको मास्टर अफर’,  मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट

    इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि सुरु भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको हो ।

    यसको अर्थ यसअघि ३० एमबीपीएस इन्टरनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबीपीएस प्याकेजकै शुल्क कर बाहेक वार्षिक चार हजार, अर्धवार्षिक २१०० रुपैयाँ अथवा त्रैमासिक ११०० रुपैयाँ तिरेर नवीकरण गर्न सक्नेछन् ।

    वार्षिक नवीकरण गर्दा ५० एमबीपीएसका लागि कर बाहेक मासिक ३३३ रुपैयाँ मात्र पर्न आउँछ । तर ५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्न वार्षिक ५ हजार ५ सय रुपैयाँ (करबाहेक) लाग्नेछ । जसमा राउटर, तार र जडान शुल्क समेत जोडिएको छ । 

    यही इन्टरनेट प्याकेज पहिलो पटक लिँदा छ महिनाका लागि ३६०० रुपैयाँ र तीन महिनाको ३१०० रुपैयाँ पर्नेछ । त्यस्तै वाई-फाई नेपालले ८० एमबीपीएसको नयाँ प्याकेज समेत ल्याएको छ । जसअन्तर्गत ७ हजार ५ रुपैयाँ (कर बाहेक) मा एक वर्षका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रितेशराजसिँह श्रेष्ठले बताए ।

    साथै प्रयोगकर्ताले नवीकरणका लागि न्यूनतम तीन महिनाको शुल्क तिर्नुपर्ने व्यवस्था मिलाइएको छ । ५० एमबीपीएसको प्याकेज नवीकरणका लागि प्रयोगकर्ताले वार्षिक चार हजार रुपैयाँ (कर बाहेक) तिर्नुपर्नेछ । त्यसैगरी ८० एमबीपीएस प्याकेज नवीकरण गर्न वार्षिक ६ हजार रुपैयाँ (कर बाहेक) तिरे पुग्छ ।

    वाई-फाई नेपालको यो सेवाहरू लिनका लागि वाई-फाई नेपालको फोन नम्बरमा कल गर्न वा कम्पनीको वेबसाइटबाट अर्डर गर्न सक्नेछन् ।

     

     

     

     

    प्रकाशित मिति :भाद्र २९ २०७९ बुधवार - १५:३२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij