Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मुन्धुमी पर्यटकीय गन्तव्यको अध्ययन सुरु

मुन्धुमी पर्यटकीय गन्तव्यको अध्ययन सुरु


  • 1.6K
    Shares

    मुन्धुमी पर्यटकीय गन्तव्यको अध्ययन सुरु

    तेह्रथुमको लालीगुराँस नगरपालिकाले पूर्वी पहाडी जिल्ला तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लालाई मुन्धुमी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । नगरपालिकाले यहाँका आदिवासी जनजाति लिम्बू जातिको आस्था जोडिएकाले पनि मुन्धुमी पदमार्गको अवधारण ल्याएको हो । त्यसका लागि नगरपालिकाले अध्ययन पनि सुरु गरेको छ ।

    सो क्षेत्रको पदमार्गको अध्ययनका लागि वनस्पति विज्ञ कमल मादेन, वातावरण विज्ञानमा चीनबाट विद्यावारिधि गर्दै आउनुभएका दीपक खड्का, मुन्धुमविद् तथा नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ, पर्यटन पत्रकार सङ्घ प्रदेश नं १ का विराट अनुपमलगायत टोलीमा २१ जना संलग्न छन् ।

    सो टोलीले चोलुङ पार्कदेखि तिनजुरे, चौकी, मङ्गलबारे, गुफापोखरी, डोबाटे, गिद्धे, खम्बुले, सभापोखरी, तीन पोखरी, कालो पोखरी, साजु पोखरी, सोधुङ पोखरी, भूतपोखरी, ताक्पेगोलालगायत स्थानको १५ दिन लगाएर अध्ययन अन्वेषण गरेको हो ।

    आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बू समुदायको जन्मदेखि मृत्यृसम्मको संस्कार (मुन्धुम शास्त्र) सँँग जोडिएको र मुन्धुमीस्थललाई पदमार्गका रुपमा अघि सार्ने उद्देश्यले अध्ययन थालिएको नगरप्रमुख माबोहाङले बताए । 

    “अरुणपूर्वमा बसोबास गर्दै आएका कुनै पनि जाति, धर्म, संस्कार, संस्कृति, कला साहित्य, बोटबिरुवा, वातावरण, पशुपक्षीको अध्ययन गर्दै विदेशी तथा स्वदेशी अनुसन्धानकर्ता तथा पदयात्रीलाई पर्यटनसम्बन्धी सम्पूर्ण जानकारी दिन केन्द्रका रुपमा विकास गर्ने तयारी गरिरहेका छौँ”, उनले भने, “यहाँका आदिम रैथाने जाति लिम्बूहरुको मुन्धुम आदिम जातिको ज्ञान अध्ययन गर्न सकुन् भन्ने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हो ।”

    मुन्धुमसँग जोडिएका स्थान छन् । पदमार्ग क्षेत्रमा पाइने नीलो भेडाहिउँ चितुवा, हिमालका कालो भालुजस्ता वन्यजन्तुको संरक्षणमा समेत टेवा पुग्नेछ । पदमार्ग क्षेत्रमा लिम्बू समुदायको मुन्धुमसँगसम्बन्धी संस्कृति अध्ययनका साथै अनुसन्धान गर्ने थलो बन्ने विज्ञको भनाइ थियो । त्यस्तै साहसिक पर्यटनका रुपमा हिमाली यात्रालाई लिन सकिन्छ । त्यसैले मुन्धुम पदमार्गलाई सफल पर्यटकीय गन्तव्यको विकास गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने स्थानीयवासीले बताए  ।

    प्रकाशित मिति :भाद्र २८ २०७९ मंगलवार - १५:०६:२६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij