२०८२ श्रावण २९ गते बिहिवार
नेपाल राहत शिक्षक केन्द्रीय समितिले बिहिबार (३० भदौ) दिनको २ बजेका लागि बैठक आह्वान गरेको छ । केन्द्रीय समिति सबै, ७ वटै प्रदेशका अध्यक्ष र ७७ वटै जिल्ला अध्यक्षलाई मंगलबार पत्र पठाउँदै बैठक आह्वान गरिएकाे हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताउँदै केन्द्रीय समितिले शिक्षा ऐनको सन्दर्भमा तत्काल निर्णय लिनुपर्ने भएकाले आकस्मिक बैठक आह्वान गरिएको जनाएको छ ।
बैठक भ्यालि इन्स्टिच्यूट कन्सल्टेन्सी बागबजार (श्रेष्ठ टेलरिङको ठिक विपरित) मा बस्ने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij