२०८२ माघ १४ गते बुधवार
धार्मिक तथा पर्यटकीय नगरी रामपुर नगरपालिका–५ स्थित रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण थालिएको छ । लक्ष्मीनारायण गुठी सञ्चालक समितिद्वारा यहाँ ज्येष्ठ नागरिकलाई लक्षित गरेर सभाहल बनाउन थालिएकोे हो ।
सङ्घीय सरकारको रु २५ लाख सहयोगमा निर्माण हुने भवन आगामी कात्तिक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण अगाडि बढाइएको लक्ष्मीनारायण गुठी सञ्चालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले जानकारी दिए ।
नगरप्रमुख रमणबहादुर थापाले धर्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको रामघाटमा ज्येष्ठ नागरिक सभाहल आवश्यक रहेको हुँदा निर्माणकार्य सकिएपश्चात ज्येष्ठ नागरिकलाई घरबाट रामघाटसम्म आवतजावतका निम्ति यातायातको व्यवस्थापन गरिदिने बताए।
भवन निर्माण सकिएपछि दैनिक भजनकीर्तन, प्रवचन गर्नलाई सहज हुनेछ । यहाँ बन्न लागेको ज्येष्ठ नागरिक सभाहल धार्मिक तथा विभिन्न कार्यक्रमका निम्ति प्रयोग गरिनेछ । करिब तीन सय मानिस अट्ने क्षमताको सभाहल बन्नेछ ।
कालीगण्डकीको तटमा अवस्थित रहेकाले नदी स्नान गर्ने, लक्ष्मीनारायण मन्दिरमा पूजाआजाजस्ता धार्मिक क्रियाकलाप हुने गरेको छ । यसै क्षेत्रमा ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र निर्माण गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij