Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

अफताब र प्रिन्सलाई स्वर्ण

अफताब र प्रिन्सलाई स्वर्ण


  • 1.7K
    Shares

    अफताब र प्रिन्सलाई स्वर्ण

    काठमाडौं । बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो भएका छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि फाइनलमा अफ्ताबले बागमतीका रामशरण विकलाई पराजित गरे । पुरुष ४० केजीमुनि फाइनलमा प्रिन्सले बागमतीका निरोज दुधराजलाई हराए । पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङतान तथा ५५ केजीमुनि बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउदै स्वर्ण जिते ।

    नेपाल आईएफकेके संघद्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनि प्रदेश १ की सलिना खालिङ राई तथा ५० केजीमुनि बागमतीकी रिना माझीले बागमतीकी निङमा तामाङलाई पाखा लगाउदै पहिलो भए । सबै स्पर्धामा कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।

    विजेतालाई पूर्व सांसद् रामकृष्ण चित्रकार, आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठ, ब्रान्च चिफ प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

    प्रकाशित मिति :भाद्र २६ २०७९ आइतवार - १६:१९:५६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij