Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रधानमन्त्री ओलीलाई अदालतमा उभ्याएर बयान लिदै डण्डा बर्साउन उठ्यो दमदार माग 

प्रधानमन्त्री ओलीलाई अदालतमा उभ्याएर बयान लिदै डण्डा बर्साउन उठ्यो दमदार माग 


  • 7.3K
    Shares

    प्रधानमन्त्री ओलीलाई अदालतमा उभ्याएर बयान लिदै डण्डा बर्साउन उठ्यो दमदार माग 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने कानुन व्यवसायीहरूले बताएका छन् ।

    अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन हालेका थिए ।

    न्यायाधीश मनोज शर्माको बिहीबार सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचाराधीन मुद्दामा बोल्दै भने, "प्रधानमन्त्री भनेर छोड्न हुन्न । उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ । अवहेलना मुद्दामा पाकिस्तानमा प्रधानमन्त्रीलाई बर्खास्त नै गरिएको थियो ।"

    त्यस्तै, अधिवक्ता लोकेन्द्र ओलीले पनि प्रधानमन्त्रीलाई अदनलतमा बोलाएर सुनुवाइ हुनुपर्ने बताए । उनले भने, "अदालतप्रतिको विश्वास बढाउन पनि अवहेलना गर्नेहरूलाई उपस्थित गराउनुपर्छ । अदालतमा झिकाएर बयान गराएर कारबाही गर्नुपर्छ ।"

    अधिवक्ता ओमप्रकाश अर्यालले सत्याग्रही गोविन्द केसीलाई अनसनस्थलबाट पक्राउ गरेर ९ घन्टा बयान गराएको भन्दै इजलासमा ओलीलाई बोलाउन माग गरेका थिए । अर्यालले यो फौजदारी अपहेलना भएकाले आफै उपस्थित गराएर लिखित जवाफ पेश गराउन माग गरेका थिए ।

    ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र कञ्चनकृष्ण न्यौपाने निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा बहस गर्दै कानुन व्यवसायीहरुले प्रधानमन्त्रीलाई बोलाउन माग गरेका हुन् ।

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - १४:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij