Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्वास्थ्यमा ८ जना निर्देशकको सरूवा, को कहाँ ?

स्वास्थ्यमा ८ जना निर्देशकको सरूवा, को कहाँ ?


  • 2.3K
    Shares

    • images
    स्वास्थ्यमा ८ जना निर्देशकको सरूवा, को कहाँ ?
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ। स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका ८ जना अधिकृतको सरुवा गरेका हुन्।

    मन्त्री खापुङले प्रसूति गृह अस्पतालको निर्देशकको जिम्मेवारी डा पवनजंग रायमाझीलाई दिएका छन्। रायमाझी यसअघि स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक थिए।

    यस्तै भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्दु बगालेलाई पठाइएको छ। यसअघि उनी हेटौंडास्थित कटजन्य रोग अनुसन्धान प्रयोगशालामा थिए।

    यस्तै सार्क क्षयरोग केन्द्रमा रहेका डा अनुप बास्तोलालाई उपचारात्मक महाशाखाको निर्देशक बनाइएको छ। सार्क क्षयरोग केन्द्रमा भने यशोदा अर्यालको पदस्थापन गरिएको छ।

    यस्तै राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रमा विजयकुमार झालाई ल्याइएको छ। उनी मधेश प्रदेश स्वास्थ्य निर्देशनालयमा थिए। त्यहाँका निर्देशक सुनिल शर्मालाई प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा पठाइएको छ।

    निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्ता भएको छ। उनी लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा जानु पर्नेछ। किटजन्य रोग प्रयोगशालामा भने केशव पण्डितलाई नै फर्काइएको छ।

    प्रकाशित मिति :भाद्र २२ २०७९ बुधवार - १०:२३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij