Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

ओलीको शासनपछि नेपालको यसरी गिर्यो साख, भ्रष्ट मुलुकको सुचीमा नेपाल आयो अगाडी  

ओलीको शासनपछि नेपालको यसरी गिर्यो साख, भ्रष्ट मुलुकको सुचीमा नेपाल आयो अगाडी  


  • 7.8K
    Shares

    ओलीको शासनपछि नेपालको यसरी गिर्यो साख, भ्रष्ट मुलुकको सुचीमा नेपाल आयो अगाडी  

    काठमाडौं । नेपाल सुशासनको सूचकांकमा गत वर्षभन्दा पनि खस्किएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ ।

    गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो । यो वर्ष ३३ अंक पाउदा अरु ४ मुलुकले उछिनेर नेपाल ११७औं स्थानमा पुगेको हो । ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका महासचिव मुकुन्दबहादुर प्रधानका अनुसार वर्ल्ड जस्टिस प्रोजेक्ट नामक संस्थाले गर्ने सर्वेक्षणमा नेपालको स्कोर कम आएको हो ।

    यो संस्थाले राज्यका प्रमुख अंगहरुमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगबारे सर्वेक्षण गर्छ ।

    ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकअनुसार न्युजिल्यान्ड ८८ अंकसहित सुशासन कायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा रहन सफल भएको छ । त्यस्तै डेनमार्क पनि ८८ अंकसहित सीपीआईको ऱ्याङ्किङमा पहिलो स्थानमै रहेको छ ।

    दक्षिण एसियाली मुलुक भारत भने ४० अंकसहित ८६औं स्थानमा रहेको छ । दक्षिण एसियाकै अर्को मुलुक भुटान भने ६८ अंकसहित २४औं स्थानमा रहन सफल भएको छ । त्यस्तै मालदिभ्स ४३ अंकसहित ७३औं, ३८ अंकसहित श्रीलंका ९४औं, २६ अंकसहित बंगलादेश १४६औं र १९ अंकसहित अफगानिस्तान 

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - १२:४९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij