Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

डेंगु नियन्त्रणका लागि महानगरको सचेतना अभियान

डेंगु नियन्त्रणका लागि महानगरको सचेतना अभियान


  • 2.2K
    Shares

    • images
    डेंगु नियन्त्रणका लागि महानगरको सचेतना अभियान
    images

    काठमाडौँ : काठमाडौं महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ। डेङ्गी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हो। 

    जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठी भन्छन्, ‘डेङ्गी नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरेका छौँ।’

    महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेङ्गी रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो। त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ। 

    घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइन्छ । 

    आजबाट प्रयोगशाला भएका वडाहरुमा र्यापिड  डाइग्नोस्टिक टेस्ट सुरु हुँदैछ। यसरी परीक्षण सुरु हुने ठाउँहरु रामघाट स्वास्थ्य केन्द्र, वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन्। 

    प्रकाशित मिति :भाद्र २० २०७९ सोमवार - १२:३८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij