Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

आजदेखि देशभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु हुँदै

आजदेखि देशभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु हुँदै


  • 6.1K
    Shares

    आजदेखि देशभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु हुँदै
    images

    काठमाडौं । देशभरका ७ सय ५३ स्थानीय तहका केन्द्रबाट बिहीबारदेखि मतदाता नामावली अद्यावधिक सुरु हुने भएको छ ।

    निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका स्थानीय तहका केन्द्र रहेको ठाउँबाट आगामी बुधबारसम्म मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको हो ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि २०७७ पुस ५ गतेसम्ममा मतदाता नामावलीमा नाम भएका र भई सोही मितिदेखि १८ वर्ष उमेर पूरा भएकाले आफ्नो नाम अद्यावधिक गर्न पाउनेछन् ।

    आयोगले माघ १५ देखि २१ गतेसम्म ७ सय ५३ वटै स्थानीय तहका केन्द्रमा एकसाथ उक्त कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

    जसअनुसार त्यहाँबाट मतदाता नामावली प्रकाशन गर्ने, मतदाताको नाम वा विवरणमा त्रुटि भएमा सच्याउनका लागि निवेदन दिने, झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नाम हटाउन निवेदन दिने, मृत्यु भएको वा नागरिकता त्याग गरेको वा नागरिकता रद्द भएको व्यक्तिको नाम मतदाता नामावलीको सूचीबाट हटाउने काम हुनेछ ।

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - ११:२९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij