Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बाराबङ्की बस दुर्घटना : शोकमग्न छ बिनौना गाउँ

बाराबङ्की बस दुर्घटना : शोकमग्न छ बिनौना गाउँ


  • 2.0K
    Shares

    बाराबङ्की बस दुर्घटना : शोकमग्न छ बिनौना गाउँ

    मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका– ५ बिनौना गाउँ शोकमा डुबेको छ । 

    सीमावर्ती भारतीय सहर रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि टि ९९४४ नं को यात्रु बाहक बस शनिबार बिहान भारतको बाराबङ्कीमा दुर्घटना हुँदा राप्ती सोनारी– ५ बिनौना गाउँका २५ वर्षीय प्रेम थारु, २४ वर्षीय शीतल थारु, दाङ तुलसीपुर उपमहानगरपालिका निवासी ४५ वर्षीय चक्रबहादुर ओलीसहित चार नेपालीको मृत्यु भएको थियो । 

    दुर्घटनामा परी मृत्यु भएका राप्ती सोनारी–५ बिनौना निवासी प्रेम र शीतल फूपु र मामाका छोरा नाता पर्ने दुई भाइ हुन् । एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि सिङ्गो बिनौना गाउँ शोकमग्न भएको वडाध्यक्ष झगरु थारुले बताए । 

    “गाउँ शोकमग्न छ, हामी सबै जम्मा भएका छौँ”, वडाध्यक्ष थारुले भने, “शोकमग्न आफन्तजन तथा गाउँवासी दाहसंस्कारका लागि आइपुगेएको छ ।” प्रेम र शीतल यसअघि पटक–पटक मजदूरीका लागि भारत जाने आउने गर्ने गरेका थिए । मृतक प्रेमका दुई बच्चा रहेका छन् भने शीतल अविवाहित थिए । एउटै दुर्घटनामा बिनौनाका दुई जना मृतक र केही घाइते भएपछि बिनौनावासी शोकमग्न भएको वडाध्यक्ष थारुले बताए । 

    मृतकको शव भारतीय प्रहरीसँगको समन्वयमा आज बिहान २ बजे नेपाल ल्याइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए । उनका अनुसार मृतक चार जना नेपालीमध्ये एक जनाको अझै पहिचान हुन सकेको छैन । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरुको लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०७९ आइतवार - ११:३५:५९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij