Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

यस्तो छ बोर्डले सार्वजनिक गरेको कक्षा १२ को पूरक परीक्षाको तालिका

यस्तो छ बोर्डले सार्वजनिक गरेको कक्षा १२ को पूरक परीक्षाको तालिका


  • 3.3K
    Shares

    • images
    यस्तो छ बोर्डले सार्वजनिक गरेको कक्षा १२ को पूरक परीक्षाको तालिका

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आगामी असोज ३० र ३१ गते विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्नेगरी बोर्डले तालिका सार्वजनिक गरेको हो ।

    गत जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७८ भएका) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा अवर्गीकृत (नन् ग्रेड) वा अनुपस्थित विद्याथीलाई लक्षित गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी रु.६०० रकम बुझाई सक्नुपने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

    1662270004-48a4t.jpg

    प्रकाशित मिति :भाद्र १९ २०७९ आइतवार - ११:४१:२० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij