२०८२ माघ १४ गते बुधवार
व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन्। कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन्।
यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन्। जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन्। सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन्। यहाँ उत्पादन भएका अकबरे खुर्सानी, तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँलगायत सहरमा पुग्न थालेका छन्।
सडकको सहज पहुँच भएका स्थानका कृषकको फार्मबाट नै सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ। यसबाट व्यवसायलाई थप राहत पुगेको कृषक रमिला श्रेष्ठ बताउछिन्। उनी भन्छिन्, ुकृषि कर्म बाँच्ने आधार बनेको छ। व्यावसायिकरूपमा गरेको तरकारी खेतीले वार्षिक आठ लाखसम्म आम्दानी हुन्छ।ु
यहाँको उत्पादन जिल्लासँगै धरान, विराटनगर, काठमाडौँलगायत स्थानमा जाने गरेको छ। सडकको सहज पहुँचका कारण फार्मबाट बेच्न पाएको किसान बताउँछन्। त्यस्तै जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका कृषक नगेन्द्र राईले पनि सात रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गर्दै आएको छ।
उनले स्थानीय बजारमा प्रतिकेजी एक सय ५० देखि तीन सयसम्ममा खुर्सानी बेच्न गरेको जानकारी दिए। कृषक राईले भने, ुखर्सुानी तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ। बजारको मागलाई पूरा गर्न नै समस्या छ। तर यस वर्ष मेरो भने ढुसीलगायतका रोगका कारण केही खुर्सानीका बोटमा क्षति भयो। तर पनि राम्रै आम्दानी गरिरहेको छु।ु
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij