Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

कोरिया जानेहरुको लागि आयो यस्तो खुसीको खबर, नयाँ नियम अक्टोवरदेखि लागु हुने

कोरिया जानेहरुको लागि आयो यस्तो खुसीको खबर, नयाँ नियम अक्टोवरदेखि लागु हुने


  • 3.7K
    Shares

    कोरिया जानेहरुको लागि आयो यस्तो खुसीको खबर, नयाँ नियम अक्टोवरदेखि लागु हुने

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरियामा आएका विदेशी कामदारलाई केही सहज हुने नियम ल्याउने भएको छ । सुधार भएको नयाँ नियम अक्टोवर महिनादेखि लागु हुनेछ ।

    यसअघि एक सयभन्दा बढी कामदार भएको कम्पनीलाई ठूलो कम्पनी भनेर छुट्याएको थियो । यस्ता कम्पनीमा काम गर्ने विदेशी कामदार कमिटेड कामदारको रुपमा दोस्रो कार्यकाल कोरिया आउन नपाउने नियम थियो ।

    फेरिएको नयाँ नियममा भने जस्तोसुकै कम्पनीमा काम गरे पनि कमिटेड कामदारको रुपमा कोरिया आउन पाउनेछन् । नेपाली कामदारहरू पनि डेउ सिप विल्डिङ (पानीजहाज निर्माण) गर्ने कम्पनीमा काम गरिरहेका छन् ।

    पहिलो कार्यकाल सकिनुभन्दा पहिले कुनै पनि कम्पनीमा एक वर्षभन्दा बढी काम गरेको भए कम्पनीले चाहेमा पुनः कमिटेड कामदारको रुपमा आउन पाइने भएको छ । अहिलेको नियममा एउटै कम्पनीमा पहिलो कार्यकाल अर्थात् ४ वर्ष १० महिना अनिवार्य रुपमा काम गर्नुपर्छ ।

    यस्ता कामदार मात्रै पुनः भाषा परिक्षा नदिई कमिटेड कामदारको रुपमा कोरिया आउन पाउँथे । कम्पनीका कारणले नयाँ कम्पनीमा जाँदा भने एक वर्षभन्दा कम समय भए पनि कमिटेड कामदारको रुपमा कोरिया आउन पाउनेछन् ।

    कोरियामा रहेका कोरियन मजदुर युनियन, प्रवासी मजदुर युनियन जस्ता संघसंस्थाले लामो समय देखि ईपीएस प्रणालीमा सुधार हुनुपर्ने माग राखेर आन्दोलन गरिहरेको छ । त्यस्तै दक्ष कामदारको अभाव झेलिरहेको कोरियालाई नयाँ नियमले धेरै विदेशी कामदार पुनः भाषा परिक्षा नदिइ नै यहाँ आउन सहयोग हुनेछ ।

    त्यसैगरी कोरियाले विदेशी कामदारको कोटामा पनि केही थप गरेको छ । अघिल्ला वर्षहरूमा ६० हजार विदेशी श्रमिक ईपीएस मार्फत् कोरिया आउँथे भने अर्को वर्षको लागि भने कोरियाले ६९ हजार जना श्रमिक ल्याउने कोटा तोकेको छ । नेपाल लगायत १६ वटा एसियाली देशहरूबाट ईपीएस मार्फत् कामदार आउने गरेका छन् ।

    अहिले कोरियामा ईपीएस मार्फत् ४० हजार भन्दा बढी नेपाली काम गरिरहेका छन् । कोरोना महामारीका कारण रोकिएका कामदार यहाँको सरकारले खुला गरेपछि ७ हजारभन्दा बढी नेपाली कोरिया पुगेका छन् ।

    प्रकाशित मिति :भाद्र १७ २०७९ शुक्रवार - १५:१५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij