Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

व्यासमा त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा

व्यासमा त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा


  • 1.5K
    Shares

    व्यासमा त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा

    व्यास नगरपालिकाले अतिविपन्न, अभिभावकविहीनलगायतका त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गर्दै आएको छ ।

    व्यास–७ शेषमटार नरङ्गामा ‘व्यास नगर समता’ विद्यालय स्थापना गरी यही भदौदेखि पठनपाठन सञ्चालनमा ल्याएको हो । विद्यालयमा अध्ययनरत ती बालबालिकालाई निःशुल्करुपमा खाना र आवासको व्यवस्था गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । विद्यालयमा पठनपाठन सुरु गरे पनि विधिवत्रुपमा उद्घाटन गर्ने कार्यक्रम बाँकी रहेको उनले बताए । 

    नगरपालिकाभित्र शिक्षा विभागबाट काटिएको प्राविको ५३ दरबन्दीलाई परिपूर्ति गर्न स्वयम्सेवक शिक्षक भर्ना प्रक्रिया अघि बढाइएको छ । वडा नं १० बैरेनीले जग्गा विकास योजना सम्पन्न गर्दा गण्डकी प्रदेश सरकार र नगर विकास कोषसँग स्रोत साझेदारीका लागि कार्य अघि बढाएको छ । नगरपालिकाअन्तर्गतका योजनालाई व्यवस्थित र चुस्तदुरुस्त गर्न डिजिटलाइजेसन प्रविधि ल्याइएको छ । 

    नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयको स्थापित सहायता कक्षबाट सेवाग्राहीलाई आवश्यक निवेदन र कागजातको फोटोकपी निःशुल्क उपलब्ध गराइँदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरवासीका समस्या सुन्न तथा गुनासो सुन्न २४ घण्टा नै खुल्ला रहने टोल फ्रि नं १६६०६५५२००६ सञ्चालनमा ल्याइएको छ ।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको सङ्कलित लगतलाई डिजिटलाइजेसन गरी वडा नं १, २, ३ मा निस्सा वितरण गरिएको छ । बाँकी फाइल डिजिटलाइजेसन गर्न आदिकवि भानुभक्त क्याम्पससँग तीस दिनको सम्झौता गरी द्रुतरुपमा काम सम्पन्न गर्न कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

    फोहोरमैला विसर्जनको स्थायी व्यवस्थापन गर्न नगरपालिकाले आफ्नै जग्गा खरिद गरी सरसफाइ केन्द्र स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०७९ शुक्रवार - १३:३०:५८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij