Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने, यस्तो छ तरिका

खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने, यस्तो छ तरिका


  • 2.7K
    Shares

    खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने, यस्तो छ तरिका

    डिजिटल वालेट खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने भएको छ । यसका लागि खल्ती र क्युएफएक्स सिनेमाबीच सम्झौता भएको छ । 

    मंगलबार लबिम मलमा आयोजना भएको एक कार्यक्रममा खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का र टिम क्वेस्टकी महाप्रबन्धक प्रशंसा पाण्डेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    उक्त कार्यक्रममा नायिक पुजा शर्माको समेत उपस्थिति रहेको छ । कार्यक्रममा शर्माले खल्तीबाट मुभी टिकट काट्न एकदमै सजिलो भएको बताइन् । 

    ‘म धेरै एप चलाउने मान्छे होइन् । तर खल्तीबाट मुभी टिकेट बुकिङ गर्ने प्रक्रिया सजिलो रहेछ,’ उनले भनिन्, ‘हलमा गएर टिकट काट्न लाइन बस्ने प्रक्रियालाई अन्त्य गर्न क्युएफएक्स र खल्तीबीच सहकार्य भएको छ ।’

    यो सहकार्यसँगै खल्ती प्रयोगकर्ताले क्युएफएक्सको टिकेट अब ५० सेकेण्डमै काट्न सक्ने कम्पनीको भनाइ छ । खल्तीका सीईओ विनय खड्काले मुभी बुकिङ अनुभवलाई अझै सजिलो बनाउने बताए ।

    वालेटबाटै ५० सेकेण्डमै मुभी टिकेट खरिद गर्ने सुविधा दिने खल्ती पहिलो वालेट भएको खड्का बताउँछन् । खल्तीका अनुसार मुभीसँग सम्बन्धित अफर, क्यासब्याक आउँदै छन् । 

    यसअघि क्युएफएक्सको मोबाइल एप र वेबसाइटबाट मुभी टिकट काट्न सकिने व्यवस्था थियो । अब त्यसमा खल्ती समेत थप भएको छ । सहकार्य भएसँगै खल्ती अब क्युएफएक्सको पेमेन्ट पार्टनरको रूपमा आवद्ध भएको छ ।

    क्युएफएक्सका अहिले ११ ठाउँमा उपलब्ध रहेको छ भने अब वीरगंजमा केही हप्तामै खुल्दैछ । क्युएफएक्स सिनेमाज टिम क्वेस्ट प्रालिले सञ्चालन गर्दै आएको छ । 

    कार्यक्रममा टिम क्वेस्टकी महाप्रबन्धक पाण्डले नेपालमा सिनेमा हलको अनुभवलाई आधुनिक बनाउन क्युएफएक्सले नेतृत्वदायी भूमिका खेलेको बताइन् । खल्तीसँगको सहकार्यले ग्राहकलाई राम्रो मुभी अनुभव प्रदान गर्ने उनले बताइन् । 

    त्यसैगरी कार्यक्रममा खल्तीका सह(संस्थापक अमित अग्रवालले अहिले पनि ८० प्रतिशत मुभि टिकेट अफलाइन बुकिङ हुने जानकारी दिए । ‘अझै पनि ८० प्रतिशत मुभी टिकेट अफलाइनबाट हुन्छ,’ अग्रवालले भने, ‘कहिलेकाँही मुभीमा फरक पर्छ । कुनै कुनै विदेशी मुभी आउँदा अनलाइन बुकिङ एकदमै राम्रो हुन्छ । नेपाली मुभीको हकमा अझै पनि ८० प्रतिशत अफलाइनबाटै टिकट खरिद हुन्छ ।’

    अहिले खल्तीबाट क्युएफएक्सको बागेश्वरी हलबाहेक अरू सबै टिकट काट्न सकिने छ । नेपालगञ्जको बागेश्वरी हल पनि चाँडै लाइभ हुने कम्पनीले खल्तीले जनाएको छ । त्यस्तै वीरगंजमा खुल्दै गरेको हल पनि दशैं तिहारको बीचमा लाइभ हुने अग्रवाल बताउँछन् । 

    खल्तीले विगत ६ वर्षदेखि नेपाललाई डिजिटल बनाउने अभियान अनुरूप काम गरिरहेको छ ।  

    ५० सेकेण्डमै कसरी काट्ने मुभी टिकेट ?

    सुरूमा तपाईको मोबाइलमा खल्ती एप डाउनलोड गर्नुहोस् । त्यसपछि ‘मुभि’ भन्ने अप्सनमा छनोट गर्नुहोस् । अनि कुन मुभिको टिकट बुकिङ गर्ने हो, त्यो छनोट गर्नुहोस् ।

    त्यसपछि कुन हलमा, कुन समयको टिकट काट्ने हो, त्यो निश्चित गर्नुहोस् । यति गरेपछि आफुलाई मन पर्ने सिट छनोट गरेर टिकट काट्न सक्नुहुनेछ । 

    प्रकाशित मिति :भाद्र १६ २०७९ बिहिवार - १५:०८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij