Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

१३ अर्ब ६२ करोडको लागतमा सेती र मादी खोलामा आकर्षक पुल बन्ने

१३ अर्ब ६२ करोडको लागतमा सेती र मादी खोलामा आकर्षक पुल बन्ने


  • 2.1K
    Shares

    १३ अर्ब ६२ करोडको लागतमा सेती र मादी खोलामा आकर्षक पुल बन्ने

    सरकारले पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गर्न प्रक्रिया अघि बढाएको छ। चार लेनमा सडक विस्तार भइरहेकामा पुल पनि सोही चौडाइमा निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ। मादी खोलामा चार लेनको नयाँ पुल बनाउन प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए। 

    उनका अनुसार हाल रहेको पुल पुरानो भइसकेको र आयु कम भएको छ। नयाँ निर्माण गर्दा आधुनिक प्रविधिसँगै हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो। यी दुई स्थानमा पुल निर्माणका लागि दातृ निकाय (एशियाली विकास बैंक) बाट ‘नो अब्जेक्सन लेटर’ आइसकेको छ। 

    उनले भने, ‘उताबाट स्वीकृति आएपछि काम सुरु गरिनेछ।’सो योजनाको अवधि आव २०८५/८६ सम्म रहेको छ। ठेक्का अङ्कअनुसार योजनाको लागत रु १३ अर्ब ६२ करोड छ।

    मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात् आबुखैरेनीबाट–जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो। सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो। 

    कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैरसहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ। पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्कीसहित १५ प्रतिशत थियो। सो सडक चार लेनमा विस्तार गरिने भए पनि बजारमा थप दुई लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागले जनाएको छ। 

    पश्चिम खण्ड (जामुने भज्याङदेखि पोखरा पृथ्वीचोकसम्म) निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुई केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेडलाई विसं २०७८ जेठ ३ गते दिइएको थियो। जम्मा ३८ दशमलव ८८ किमीमध्ये १८ दशमलव ५९ किमी सहरी क्षेत्र र २० दशमलव २९ किमी गैरसहरी क्षेत्र छ।सो खण्डमा एक दशमलव आठ किमी सडकमा माटो काटी सडक विस्तार गर्नुपर्नेछ। 

    पर्यटकीय नगरी पोखरा जाने स्थानमा बन्न लागेका पुलले यहाँको सौन्दर्यता थप गर्ने अपेक्षा गरिएको छ। विभागले पछिल्ला वर्ष शहरी क्षेत्रमा आकर्षक पुल निर्माण गर्दै आएको छ।

    प्रकाशित मिति :भाद्र १५ २०७९ बुधवार - १४:१९:५७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij