Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

तीजमा नाचगान गर्दा गर्दै चट्याङ लागेर दुईजनाको मृत्यु

तीजमा नाचगान गर्दा गर्दै चट्याङ लागेर दुईजनाको मृत्यु


  • 2.0K
    Shares

    तीजमा नाचगान गर्दा  गर्दै चट्याङ लागेर दुईजनाको मृत्यु

    दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए ।

    प्रकाशित मिति :भाद्र १५ २०७९ बुधवार - ०९:५५:२६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij