Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

ओलीको कदमलाई झट्का दिने प्रधानन्यायाधीश राणाको बोली, नेम्वाङ्गका कारण डुब्दै ओली 

ओलीको कदमलाई झट्का दिने प्रधानन्यायाधीश राणाको बोली, नेम्वाङ्गका कारण डुब्दै ओली 


  • 19.9K
    Shares

    ओलीको कदमलाई झट्का दिने प्रधानन्यायाधीश राणाको बोली, नेम्वाङ्गका कारण डुब्दै ओली 

    काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि संवैधानिक र असंवैधानिक भन्दै पक्ष र विपक्षमा चर्को बहस हुँदै आएको छ । ओलीले संविधानमा सभा विघटनको व्यवस्था भएको बताउँदै आएका छन् ।

    तर, उनले सभा विघटन सिफारिस गर्दा संविधानको धारा नै उल्लेख  नगरेका समाचार आए । ओलीले कहिले आफ्नो कदम संवैधानिक छ भन्दै आएका छन् ।

    कहिले पार्टीले काम गर्न नदिंदा राजनीतिक रुपमा आफूले कदम चालेको भन्दै राजनीतिक कदमका रुपमा अदालतले व्याख्या गरेर आफ्नो कदमलाई मान्यता दिनुपर्ने मत राखिरहेका छन् ।

    ओलीमात्र होइन उनको खेमाका नेताहरुले समेत विघटन संविधानसम्मत रहेको जिकिर गर्दै आएका छन् । तर, विकल्प हुँदा हुँदै ओलीले प्रष्ट बहुमत हुँदा सभा विघटन गर्ने प्रावधान नै नभएको भन्दै अदालतसम्म मुद्दा पुगेको छ ।

    ८्१० महिनामा सरकार परिवर्तन हुने नमिठो नियति भोगेपछि संविधानसभाबाट संविधान बनाउँदा बलियो सरकारको परिकल्पना गरिएको थियो । सोही अनुसार प्रधानमन्त्रीले आफूखुसी संसद विघटन गर्न नपाउने व्यवस्था संविधानमा राखियो ।

    प्रक्रिया पूरा गरी विकल्पको प्रयोगपछि मात्रै सभा विघटन हुने भन्दै धेरैभन्दा कानुन व्यवसायी, नागरिक समाजसहितको तप्का ओलीको कदम असंवैधानिक रहेको मतमा छ ।

    तर, ओली खेमाले प्रतिनिधिसभा अब पुनस्थापना नहुने भन्दै चुनाव नै विकल्प भएको बताउँदै आएको छ । यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा दिनहुँ सुनुवाई हुने क्रम जारी छ ।

    रिट निवेदक पक्षले दिनहुँ बहस गर्दै प्रधानमन्त्रीको कदमले संविधान मिचेको भन्दै विघटनलाई सदर हुने गरी फैसला आए नेपालमा अब दुई दुई वर्षमा सरकार परिवर्तन हुने भन्दै बहस गरिरहेका छन् ।

    बुधबार कानुन व्यवसायी शेरबहादुर केसीले पनि संविधानले प्रधानमन्त्रीलाई सिधैं विघटनको अधिकार नदिएको भन्दै कदम असंवैधानिक रहेको बताए । उनले प्रधानमन्त्रीलाई यस्तो अधिकार नभएकोबारे संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बोली फेरेको बताएका थिए ।

    केसीले यस्तो बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नेम्वाङको ‘त्यो कुरा आइसकेको छ र टिपोटमा राखिसकेका छौं’ भनेका थिए । नेम्वाङले धुलिखेलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नै नभएको र गर्नै नसक्ने बताएका थिए ।

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - १६:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij