२०८२ भाद्र २५ गते बुधवार
आन्दोलनरत विद्यालय कर्मचारी परिषद् र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको वार्ता सकिएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलका प्रेस संयाेजक बिमल खड्काका अनुसार वार्ता सकारात्मक रहेको छ ।
उनले भने, ‘विद्यालय कर्मचारीहरूका पेशागत माग र समस्याहरू शिक्षक महासंघमार्फत सम्बन्धि मन्त्रालयसँग वार्ता गरी समाधानको गर्ने निष्कर्षसहित वार्ता टुंगिएको छ ।’
वार्तामा विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ योगी, नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायत थिए ।
मन्त्रालयको तर्फबाट सहसचिव डा.हरि लम्साल, उपसचिव कुलप्रसाद खनाल र प्रवक्ता दिपक शर्मा रहेका थिए । यो समाचार वेबटिभी खबरबाट साभार गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij