२०८२ भाद्र २५ गते बुधवार
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी ८ बुँदे माग अघि सारेर आन्दोलित छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा काठमाडौंको माइतीघर मण्डलामा विद्यालय कर्मचारीहरू भेला भएर आन्दोलन गरेका हुन् ।
मागहरू:
-- पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नु पर्ने मागसहित उनीहरूले विद्यालय कर्मचारी सहायक (लेखापाल) का लागि रू ३४ हजार ७३० र थप दुई हजार गरि ३६ हजार ७३० रूपैयाँ पारिश्रमिक हुनुपर्ने माग राखेका छन् ।
- यस्तै विद्यालय सहयोगीका लागि २ हजार २१० र थप दुई हजार गरि २६ हजार २१० रूपैयाँ पारिश्रमिक माग गरेका छन् ।
- ६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालय कर्मचारीका लागि नेपाल सरकारले तत्काल कार्यविधिमार्फत सम्पूर्ण सेवा सुविधाको प्रबन्ध गरोस् ।
- सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरि एक पटकका लागि प्रक्रिया पुयाई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने ।
- संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेरहद नलाग्ने प्रबन्ध गर्नुपर्ने ।
. ६० वर्ष उमेर पुगेका अवकाश भइसकेका विद्यालय कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने ।
- विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने ।
- विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक–पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij