Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

सबै तहका शिक्षक तथा कर्मचारीको तलबभत्ताका लागि भदौ २० गतेभित्र माग फाराम पेश गर्न निर्देशन

सबै तहका शिक्षक तथा कर्मचारीको तलबभत्ताका लागि भदौ २० गतेभित्र माग फाराम पेश गर्न निर्देशन


  • 3.5K
    Shares

    • images
    सबै तहका शिक्षक तथा कर्मचारीको तलबभत्ताका लागि भदौ २० गतेभित्र माग फाराम पेश गर्न निर्देशन

    दाङ जिल्लाको राप्ति गाउँपालिकाले सबै तहका शिक्षक तथा कर्मचारीको तलबभत्ताका लागि यही भदौ २० गतेभित्र माग फाराम पेश गर्न सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । गाउँपालिकाले सोमबार मागफाराम पेश गर्न विद्यालयलाई निर्देशन दिएको हो ।

    गाउँपालिकाका शाखा अधिकृत विश्वास वि.कद्वारा हस्ताक्षरित निर्देशन पत्रमा भनिएकाे छ, ‘आ.व. २०७९/८० को पहिलो त्रैमासिक शिक्षक तलबभत्ता (साउन, भाद्र र असोज तथा चाडपर्व खर्च) स्वीकृत दरबन्दी राहत अनुदान प्राविधिकधारतर्फ संघीय सरकारबाट २०७९ साउन १ गतेदेखि लागु हुने गरि तोकिएको तलब तथा ग्रेडलाई आधार मानी तलबभत्ताका लागि यहि भदौ २० गतेभित्र माग फाराम पेश गर्न गाउँपालिकाअन्तर्गतका विद्यालयलाई निर्देशन।’

    माग फाराम पेश गर्दा तलबी भर्पाई, नागरिक लगानी कोष, सञ्चय कोष जम्मा गरेको कागजात तथा कर जम्मा गरेको कागजात तथा हाजिरी विवरणसमेत संलग्न राख्न गाउँपालिकाले भनेको छ ।

    गाउँपालिकाले पहिलो त्रैमासिकमा इसीडी शिक्षकको तलब रू १८,५००, लेखापालको रू २१,५००, विद्यालय सहयोगीको रू १६,००० र गृहिणी विद्यालय सहजकर्ताको रू १९,२०० हुने जनाएकाे छ । 

    1661324904-6MWEc.jpg

    प्रकाशित मिति :भाद्र ८ २०७९ बुधवार - १४:५४:०१ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij