Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

शिक्षक–कर्मचारीले दलको सदस्यता लिए कारवाही गर्न आयोगको पत्र

शिक्षक–कर्मचारीले दलको सदस्यता लिए कारवाही गर्न आयोगको पत्र


  • 3.0K
    Shares

    • images
    शिक्षक–कर्मचारीले दलको सदस्यता लिए कारवाही गर्न आयोगको पत्र

    निर्वाचन आयोगले सरकारी कर्मचारी र शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको छ।

    आयोगले सबै मन्त्रालय, प्रदेश, स्थानीय तहलगायतका निकायमा कार्यरत सरकारी कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको भए कारबाही गर्न आग्रह गरेको हो।

    आयोगले संघीय सरकार, प्रदेश वा स्थानीय तहमा कार्यरत, स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै पनि सार्वजनिक पद धारणा गरेको व्यक्ति संविधानअनुसार राजनीतिक दलको सदस्य हुन नसक्ने बताएको छ।

    प्रकाशित मिति :भाद्र ७ २०७९ मंगलवार - १५:२५:२० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij