२०८२ भाद्र १० गते मंगलवार
देशभर थप ६५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६४३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टीजेन विधिबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । थप ४५६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij