Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

फुटेर चुनावमा गए नेकपाले धुलो चाट्ने बामदेवले निकाले यस्तो हिसाब, हार्ने सुनाए मन्त्र  

फुटेर चुनावमा गए नेकपाले धुलो चाट्ने बामदेवले निकाले यस्तो हिसाब, हार्ने सुनाए मन्त्र  


  • 6.9K
    Shares

    फुटेर चुनावमा गए नेकपाले धुलो चाट्ने बामदेवले निकाले यस्तो हिसाब, हार्ने सुनाए मन्त्र  

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले फुटेर निर्वाचनमा जाँदा नेकपा पराजित हुने निश्चित रहेको बताएका छन् ।

    उनले नेकपा एकता अभियानको औपचारिक घोषणा गर्ने क्रममा अघिल्लो चुनावी नतिजाको आँकडा प्रस्तुत गर्दै विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरे ।

    वामदेवको भनाई यस्तो थियो गत चुनावमा हामी पार्टी  एकता गएर गएका थियौं । नेकपाको पक्षमा लहर आएको थियो । त्यस्तो अवस्थामा दुर्ई पार्टी मिलेर ल्याएको मत जम्मा ४३ लाख हो । नेपाली कांग्रेसले ल्याएको ३० लाख हो । अब अहिलेसम्म ५–७ लाख मतदाता बढे होला । विभाजित अवस्थामा हाम्रो पक्षमा लहरमा आउने छैन । त्यसैले दुईतर्फ भोट बाँडिदा २१–२१ लाख लाख हुन्छ । 

    २२ लाख मात्रै अर्को पार्टीले मत प्राप्त गर्यो भने हामीलाई पछार्छ । कांग्रेसले पहिल्यै ३० लाख ल्याएकोमा अब झन् बढ्न सक्छ । त्यसैले नेकपा पराजित हुने भन्दा अर्को विकल्पै छैन । दुई चार ठाउँमा जीत्न  सकिएला । फुटेर गइयो भने हार्ने निश्चित छ । अर्को पार्टी सरकारमा पुग्ने पक्का छ । अहिले दुवै पक्षले चुनाव जित्छौं भनेका छौं । त्यसलाई सिद्धान्तले गलत सावित गर्छ । निर्वाचन निर्माणका निम्ति हो, ध्वंसका निम्ति होइन ।’

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - १२:४४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij