Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

थुतुनो चलाएको अभियोगमा चारजना पूर्वप्रधानन्यायाधीश बिरुद्द सर्वोच्चमा दायर भयो मुद्दा 

थुतुनो चलाएको अभियोगमा चारजना पूर्वप्रधानन्यायाधीश बिरुद्द सर्वोच्चमा दायर भयो मुद्दा 


  • 7.3K
    Shares

    थुतुनो चलाएको अभियोगमा चारजना पूर्वप्रधानन्यायाधीश बिरुद्द सर्वोच्चमा दायर भयो मुद्दा 

    काठमाडौं । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा चलाउन माग गर्दै परेका निवेदन दर्ता भएका छन् । मंगलवार रित नपुगेर दर्ता नभएको निवेदनसमेत बुधवार अदालत खुलेलगत्तै दर्ता भएका हुन् ।

    अधिवक्ता लोचन भट्टराई समेतले पूर्व प्रधानन्यायाधीशहरू मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीमाथि अदालतको अवहेलना मुद्दा चलाउन माग गर्दै निवेदन पेश गरेका थिए ।

    चार पूर्वप्रधानन्यायाधीशले केही दिनअघि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गरी अदालतलाई दबाब दिन विज्ञप्ति निकालेको आरोप लगाइएको छ ।

    उनीहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र यसलाई अदालतले बदर गर्नुपर्ने आशयको वक्तव्य दिएका थिए । अदालतमा विचाराधीन मुद्दामा पूर्वप्रधानन्यायाधीशहरुले सडकबाट दबाब दिएकोमा आलोचना समेत भएको थियो ।

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - १२:३१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij