Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

कहिले आउँछ शिक्षक सेवा आयोग स्थायी शिक्षकको नतिजा ? यस्तो छ आयोगको तयारी !

कहिले आउँछ शिक्षक सेवा आयोग स्थायी शिक्षकको नतिजा ? यस्तो छ आयोगको तयारी !


  • 4.5K
    Shares

    • images
    कहिले आउँछ शिक्षक सेवा आयोग स्थायी शिक्षकको नतिजा ? यस्तो छ आयोगको तयारी !

    काठमाडौँ । शिक्षक सेवा आयोगले तीनै तहको स्थायी शिक्षकको नतिजा आगामी असोज महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाएको छ ।

    आयोगले गत असार ९ देखि १३ गतेसम्म सञ्चालन गरेको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षाको उत्तरपुस्तिका देशका सातै प्रदेशबाट संकलन गरेर परीक्षण कार्य गरिरहेको हुँदा सो कार्य सकिए लगत्तै नतिजा प्रकाशित गर्ने तयारी छ।

    आयोग स्रोतका अनुसार उत्तरपुस्तिका संकलन गरेर कोडिङको सबै काम सकेर उत्तरपुस्तिका परीक्षण भइरहेको छ । ‘आयोगले सातवटै प्रदेशबाट उत्तरपुस्तिका संकलन गरेर परीक्षण गरिरहेको छ’, स्रोतले भन्यो, ‘हामीले असोजसम्म उत्तरपुस्तिका परीक्षण सकेर असोजमै नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ ।’

    केहि दिनमै वार्षिक कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी

    शिक्षक सेवा आयोगले आगामी मंसिरमा स्थायी शिक्षकको विज्ञापन गर्ने गरी आर्थिक वर्ष २०७९/८० को पदपूर्तिसम्बन्धि वार्षिक कार्यतालिका केहि दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

    अबको केहि हप्ताभित्र नया वार्षिक कार्यतालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको आयोग स्रोतले जनाएको छ । ‘आगामी मंसिरमा स्थायी शिक्षकको नयाँ विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका बनाइरहेका छौँ’, स्रातले भन्यो ‘अबको केहि दिनभित्र पदपूर्तिसम्बन्धि वार्षिक कार्यतालिका सार्वजनिक गर्छौ ।’

    स्रोतका अनुसार उक्त वार्षिक कार्यतालिका सार्वजनिक भएपछि नयाँ रिक्त स्थायी शिक्षकको बाँकी पदपूर्तिको काम अगाडी बढनेछ ।

    प्रकाशित मिति :भाद्र ५ २०७९ आइतवार - १४:०९:०५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij