Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घरको भित्ताबाहिर वाई-फाई सिग्नल पठाउन मिल्ने विधि, कसरी गर्ला काम ?

घरको भित्ताबाहिर वाई-फाई सिग्नल पठाउन मिल्ने विधि, कसरी गर्ला काम ?


  • 2.5K
    Shares

    घरको भित्ताबाहिर वाई-फाई सिग्नल पठाउन मिल्ने विधि, कसरी गर्ला काम ?

    सुस्त वाईफाईका पछाडि धेरै कारण हुन्छन् । मुख्य कारणमध्ये एक हो, भित्ताको अवरोध । बिल्डिङ वा कोठाको भित्ताका कारण वाईफाई सिग्नल एउटै गतिमा फैलन पाउँदैन । यदि तपाई पनि यही समस्याबाट पीडित हुनुहुन्छ भने, चाँडै नै नयाँ प्रविधि आउँदै छ ।

    भियना युनिभर्सिटी अफ टेक्नोलोजी र युनिभर्सिटी अफ रेन्सका अनुसन्धानकर्ताले एउटा त्यस्तो विधि पत्ता लगाएका छन्, जसबाट वाई-फाई सिग्नल घरको भित्ताभन्दा बाहिर पठाउन सकिन्छ ।

    यो विधि ब्रोडब्याण्ड कनेक्टिभिटी र सिक्सजीमा लागू गर्न सकिने दाबी गरिएकाे छ । हाल वाई-फाई सिग्नल भित्तामा परावर्तित (रिफ्लेक्सन) अर्थात् भित्तामा ठोक्किएर फर्किने किसिमका हुन्छन्, जसले गर्दा वाई-फाईको रेन्ज र त्यसको गुणस्तरमा कमी आउँछ ।

    वाई-फाईको रेन्ज टाढा पुर्‍याउन र त्यसको गुणस्तरमा सुधार ल्याउन खोजकर्ताले त्यस्तो पद्धतिको विकास गरेका छन्, जसले ठोस पर्खालमा ‘एन्टी-रिफ्लेक्टिभ’ अदृश्य संरचनाको मापन गर्छ । र, सिग्नललाई बिना अवरोध पार गर्न अनुमति दिन्छ ।

    एन्टी रिफ्लेक्टिभ कोटिङ

    “याे तपाईंको चस्मामा लगाउने एन्टी-रिफ्लेक्टिभ कोटिङ जस्तै हुन्छ भनेर बुझ्न सकिन्छ,” भियना युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापकस्टेफेन रोट्टरले भने, “तपाईंले सो चस्माको सतहमा तह थपेर राखेको खण्डमा प्रकाशको किरण पहिलेभन्दा राम्रो तरिकाले तपाईंको आँखासम्म आइपुग्छ ।”

    उनीसहितकाे खाेज समूहले प्रकाशित गरेकाे पेपरमा यो परीक्षण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको छ । यो पेपरमा उनीहरूले माइक्रोवेभलाई लिभिङ रूम जत्तिकै वालमा अवरोध सिर्जना गरेर बाहिर पठाई परीक्षण गरेको उल्लेख छ ।

    त्यसपछि त्यससँग मिल्दो एन्टी-रिफ्लेक्टिभ स्ट्रक्चरलाई मापन गरी परावर्तित हुने सिग्नललाई घटाएर बाहिर पठाउन सघाइन्छ ।

    “सबैभन्दा पहिले तपाईंले निश्चित वेभलाई माध्यमबाट पठाउनुपर्छ । त्यसपछि यी वेभहरू ती माध्यमद्वारा रिफ्लेक्ट हुने तरिका मापन गर्नुपर्छ,” सो पेपरका पहिलो लेखक माइकल होरोडायन्स्कीले भने ।

    उनी अगाडि भन्छन्, “हामी त्यो जानकारी देखाउन सफल भएका थियौँ, जो कुनै पनि माध्यमका लागि ‘कन्पेन्सेटिङ’ संरचनालाई मापन गर्छ । यसले गर्दा वेभलाई पूर्ण रूपमा प्रवेश गराउन सकिन्छ । यो एउटा त्यस्तो गणितीय विधि हो, जसले गर्दा हामीले एन्टी-रिफ्लेक्टिभ तहको आकार मापन गर्न सक्छौँ ।”

    अनुसन्धानकर्ताकाे याे टिम एन्टी-रिफ्लेक्टिभ कोटिङले पूर्ण रूपमा कुनै पनि रिफ्लेक्सनलाई रोक्नसक्ने कुरामा आशावादी छन् ।त्यस्तै उनीहरूले यो विधि अर्को पुस्ताको मोबाइल कनेक्टिभिटीका लागिसमेत उपयोगी हुने बताएका छन् ।

    प्रकाशित मिति :भाद्र ४ २०७९ शनिवार - १०:१६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij