Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

विद्यालय कर्मचारीले लगाए शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गेटमा ताला

विद्यालय कर्मचारीले लगाए शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गेटमा ताला


  • 3.9K
    Shares

    • images
    विद्यालय कर्मचारीले लगाए शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गेटमा ताला

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा नेपाल विद्यालय कर्मचारीहरुले तालाबन्दी गरेका छन् । पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै देशभरका विद्यालय कर्मचारीले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मुल गेटमा तालाबन्दी गरेका हुन् ।

    नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले जनाएको छ ।

    परिषद्ले शिक्षा तथा मानव विकास स्रोत केन्द्र अगाडी भदौ २ गते ११ बजेदेखी ४ बजे सम्म धर्ना दिएको थियो भने र भदौ २ गते मुल गेटमा तालाबन्दी गरेको छ ।

    सरकारले विद्यालय कर्मचारीको पूर्ण सेवासुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक (लेखापाल)हरूका लागि रू ३४,७३० मासिक तलब र दुई हजार रूपैयाँ महंगी भत्ता गरी जम्मा रू ३६,७३० दिनुपर्ने, विद्यालय सहयोगीलाई रू २४,२१० र महंगी भत्ता दुई हजार गरि रू २६,२१० दिनुपर्ने बताए ।शिक्षा ऐन २०२८ मा संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्याई स्वतः स्थायी गर्नु पर्ने लगायतका माग राखी कर्मचारीहरू आज देखि सडक आन्दोलनमा उत्रिएका हुन् ।

    प्रकाशित मिति :भाद्र २ २०७९ बिहिवार - १४:३५:५८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij