Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

गुणस्तरहिन स्यानिटाइजर उत्पादन गर्ने ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

गुणस्तरहिन स्यानिटाइजर उत्पादन गर्ने ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध


  • 11.3K
    Shares

    गुणस्तरहिन स्यानिटाइजर उत्पादन गर्ने ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध
    images

    काठमाडौं । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा  प्रतिबन्ध लगाएको  छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। 

    बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।

    स्वास्थको लागि हानिकारक हुने भन्दै बिभागले त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । उनका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ। यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो।

    प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ। यसअघि विभागले गुणस्तरहीन भएकाले बिदेशी तथा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ।

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - ११:४७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij