Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

पाथीभरा मातालाई सोधेर मन्त्रीबाट राजीनामा दिएको भन्दै योगेश भट्टराईले लगाए यस्तो फूँई 

पाथीभरा मातालाई सोधेर मन्त्रीबाट राजीनामा दिएको भन्दै योगेश भट्टराईले लगाए यस्तो फूँई 


  • 7.7K
    Shares

    पाथीभरा मातालाई सोधेर मन्त्रीबाट राजीनामा दिएको भन्दै योगेश भट्टराईले लगाए यस्तो फूँई 

    काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले चुनाव हुन्छ र जित्छु भनेर विश्वासमा नपर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

    ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले संसद् पुनःस्थापनाका लागी हातेमालो गर्न र दुई वर्ष पछि निर्वाचन गरेर जनमतको सम्मान गर्न अनुरोध गरे ।

    यसअघिका आन्दोलनमा पनि सँगै लडेको स्मरण गर्दै उनले भने, ‘नेकपा विभाजित भयो, हामी जित्छौं भन्ने लाग्छ भने बुझ्नु होला, तपाईं कहाँ चुनाव हुन्छ र जित्नु हुन्छ ।’ उनले प्रतिगमन फर्काएपछि दुई वर्षपछि हुने चुनावको हारजित सहन आग्रह गरे । भने, ‘प्रतिगमन फर्काऔं, दुईवर्षपछि चुनाव गरौंला जसले भएपनि जितौंला, अहिले सँगसँगै अगाडी बढौं ।’ उनले फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने पनि दाबी गरे ।

    आफू सरकारमा बसुञ्जेल प्रधानमन्त्रीको कहिल्यै विरोध नगरेको भट्टराईले बताए । ‘२०७६ साउन १५ गते मन्त्री नियुक्त भएँ । पुस ५ गतेसम्म सरकारमा बसें । त्यो दिनसम्म मैले प्रधानमन्त्रीको विरोध गरिनँ । असहयोग गरिनँ । सरकारमा बसुञ्जेल मैले प्रधानमन्त्रीको पक्षमा बोले । त्यो पार्टीको नियम थियो,’ भट्टराईले थपे, ‘पुस ५ गते नेपाली जनतालाई धोका दिनुभयो । त्यसपछि सँगै बस्न सकिएन । मन्त्रिपरिषद्को बैठकमा यस्तो कदम नचालौं भन्दा ओलीले नमानेपछि सरकारबाट बाहिरियौं ।’

    मन्त्री छोड्नुअघि पाथीभरा मातालाई सोध्दा गलत कदमको पछि नलाग् भनेपछि आफूले मन्त्री छोडेको भट्टराईले बताए । आफूलाई निर्वाचनमा ओलीले जिल्लामा आएर सहयोग पुर्‍याएपनि ताप्लेजुङमा त्यसअघि देखि नै एमालेले जित्‍दै आएको जिल्ला भएकाले ओलीले मात्रै जिताए भन्नुको अर्थ नहुने भट्टराईको दाबी छ ।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १६:१३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij