Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउन सक्रिय रहेको खुल्यो यस्तो पोल, अब यसरी हान्दैछन् गोल 

प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउन सक्रिय रहेको खुल्यो यस्तो पोल, अब यसरी हान्दैछन् गोल 


  • 12.5K
    Shares

    प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउन सक्रिय रहेको खुल्यो यस्तो पोल, अब यसरी हान्दैछन् गोल 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ मन्दिरमा गएर पुजाआजा गरेको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । कम्युनिष्ट नेतामा धार्मिक रुझान देखिएको भनेर कतिले खिसिट्यूरी गरेका छन् भने कतिले चाहिँ नेपाललाई हिन्दू राज्य बनाउन ओली अग्रसर हुने संकेतको रुपमा यसलाई बुझेका छन् ।

    ओलीका भुतपूर्व सहयोद्धा पुराना कम्युनिष्ट नेता (पछि राजावादी) राधाकृष्ण मैनाली उनको धार्मिक रुझान देखेर आफू आश्चर्यमा परेको बताउँछन् । मैनालीको भनाइ अनुसार ओली युवाअवस्थामा ओली आस्तिक थिएनन् ।

    उनले भने, ‘हामी जेलमा सँगै बस्दा होस वा जेलबाट बाहिर निस्केपछि, मैले ओलीमा धार्मिक रुझान कहिल्यै देखिनँ । एकपटक पनि मन्दिर गएको थाहा छैन । बरु जेलबाट निस्केपछि म यदाकदा पशुपतिनाथ मन्दिर जान्थेँ ।’

    ओलीले बाल्यकालमा रामायण–महाभारतजस्ता किताबहरु पढेको भए पनि राजनीतिमा लागिसकेपछि कुनै धर्मग्रन्थमा रुची नलिएको मैनाली बताउँछन् । मैनालीले जेलमा बस्दा ओलीलाई तेल लगाईदिएर जिउ मालिस गरिदिने गरेको उनीहरुका समकक्षी बताउछन् । 

    ‘उहाँका बुवा धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । बुवाका केही धार्मिक किताब ओलीले बाल्यकालमा पढ्नु भएको हो । पछि रामनाथ दाहालको घरमा बस्दा उहाँले रामायण महाभारत, स्वस्थानीहरु पढ्नु भयो । उहाँले रामनाथकी आमा र हजुरआमालाई स्वस्थानी वाचन गरेर सुनाउनुहुन्थ्यो । उहाँको धार्मिक ज्ञानको सुरुवाति स्रोत यत्ति नै हो । बाल्यकालमा पढेका कुरा हत्पत्ति बिर्सिँदैन । कम्युनिष्ट राजनीतिमा लागिसकेपछि उहाँले धार्मिक पुस्तक पढ्नुभएको जस्तो लाग्दैन । जेलमा बस्दा राजनीतिक–दार्शनिक पुस्तकहरु धेरै पढ्नुहुन्थ्यो, धार्मिक किताब पढेको देखिनँ ।’ उनले सुनाए ।

    ओलीले हिन्दूत्वप्रति देखाइरहेको प्रेमलाई उनले ‘दक्षिणपन्थि रुझान’का रुपमा व्याख्या गरे । मैनालीले भने, ‘उहाँमा केही समयदेखि दक्षिणपन्थि रुझान देखिन थालेको छ । दक्षिणपन्थि रुझान यही नै हो भनेर ब्याख्या गर्न त गाह्रै छ । तर, अहिले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रजस्ता विषयहरुमा उहाँ सकारात्मक हुनुहुन्न ।’

    आफूले अंगिकार गर्दै आएको कम्युनिस्ट सिद्धान्तबाट ओली ‘डिरेल’ भइरहेको पनि मैनालीले टिप्पणी गरे । ओली भित्रैबाट धार्मिक बनेका नभइ राजनीतिक लाभका लागि उनले धार्मिक रुझान देखाउन थालेको उनको आशंका छ ।

    ‘फुटपछि उहाँको पार्टी कमजोर भएको छ । यस्तो बेलामा चुनाव गराउँछु पनि भनिरहनुभएको छ । यही अवस्थामा चुनावमा जाने हो भने उहाँको पार्टीले बहुमत ल्याउन सम्भव छैन । फुटेको पार्टीले बहुमत ल्याएर चुनाव जितेको इतिहास पनि छैन । हिजो कांग्रेस र एमाले फुट्दा चुनावी नतिजा कस्तो आएको थियो भन्ने राम्ररी बुझ्नु भएको छ । तसर्थ आगामी चुनावमा आफूलाई बलियो बनाउने हेतु उहाँले हिन्दू राज्य पक्षधर जनमतलाई आफूतिर तान्ने नाटकीय प्रयास गर्नुभएको हुन सक्छ ।’ मैनालीले ब्याख्या गरे ।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १३:३२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij