Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जलेश्वरमा नमूना विद्यालयको भवन बन्दै

जलेश्वरमा नमूना विद्यालयको भवन बन्दै


  • 2.0K
    Shares

    जलेश्वरमा नमूना विद्यालयको भवन बन्दै

    जलेश्वरमा अवस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालय भवन दुई करोड बढी रुपैयाँको लागतमा ‘नमूना विद्यालय’को भवन निर्माण हुने भएको छ ।

    जलेश्वर नगरपालिका–२ मा अवस्थित सो विद्यालय भवन शिक्षा मन्त्रालयको रु दुई करोड ८७ लाख बजेट मध्ये दुई करोड १५ लाखमा ‘बाबा कर्मा जेभी जलेश्वरले’ बनाउन  थालेको हो । जलेश्वर नगर प्रमुख सुरेश साह सोनारले  भवनको शिलान्यास गरे  । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरुणकुमार दाहालका दुई तल्ले सो भवनमा ८ कोठा हुनेछन्  । विसं २००८ मा स्थापना भएको सो विद्यालयको  भवन जीर्ण भएको थियो ।  जीर्ण भवनमै पठनपाठन हुँदै आएको प्रधानाध्यपक सञ्जीवकुमार झाले बताए । विद्यालयमा बाल कक्षादेखि १२ कक्षा सम्म पठनपाठन हुँदै आएको छ । 

    प्रकाशित मिति :श्रावण २५ २०७९ बुधवार - ११:५२:०६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij