२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
छ हजार ९०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको हो ।
आज दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको छ ।आज ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij