Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

महालक्ष्मीले सार्वजनिक गर्यो डबल बोनान्जा मुद्दती खाता, ७० महिनामै रकम डबल

महालक्ष्मीले सार्वजनिक गर्यो डबल बोनान्जा मुद्दती खाता, ७० महिनामै रकम डबल


  • 3.6K
    Shares

    महालक्ष्मीले सार्वजनिक गर्यो डबल बोनान्जा मुद्दती खाता, ७० महिनामै रकम डबल

    महालक्ष्मी विकास बैंकले सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती’ खाता सार्वजनिक गरेको छ । मात्र रु.१०,००० मै खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने कुरा बैंकले जनाएको छ ।

    बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।

    विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण २३ २०७९ सोमवार - १५:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij