Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अबदेखि टीएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने

अबदेखि टीएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने


  • 9.6K
    Shares

    अबदेखि टीएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने

    सेयर खरिदबिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ। 

    यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्न थप सहज हुनेछ। हाल यो सेवा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ।केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन।

    लगानीकर्ताहरुले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्टमार्फत समेत रकम भुक्तानी गर्न सकिनेछ। 

    यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागि ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्नेछ। यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुवैलाई सहज हुने इसेवाले जनाएको छ।

    इसेवाका लगानीकर्ताले इसेवामा रहेको टीएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्नेछ। त्यसपछि कोलाटरोल (आफूले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ। 

    इसेवाका विजनेस हेड आशिष गौतमले आर्थिक स्वाधीनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरी टीएमएसमा इसेवा जोडिएको बताए। 

    उनले भने, ‘इसेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ।’ 

    इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ। 

    प्रकाशित मिति :श्रावण २३ २०७९ सोमवार - १४:५२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij