Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चन्द्रागिरि नगरपालिकाको कर अब आईएमई पेबाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आईएमई पेबाट भुक्तानी गर्न सकिने


  • 3.3K
    Shares

    चन्द्रागिरि नगरपालिकाको कर अब आईएमई पेबाट भुक्तानी गर्न सकिने

    चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ। गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेको हो। 

    योसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पेमार्फत घर बहाल कर, सम्पति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न गर्न सकिने भएको हो । 

    नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा  नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राही लाभान्वित हुने विश्वास लिए । 

    झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । 

     

    प्रकाशित मिति :श्रावण २३ २०७९ सोमवार - १४:४३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij